पोखरा रामघाटस्थित नरनारायण आश्रममा नौ दिनसम्म बिना अक्सिजन भूसमाधिपछि सिद्धबाबा श्री वैष्णव कृष्णदासजी महाराज श्री रामानन्दचार्य ब्युँतिएपछि पोखरेलीहरु कोही चकित भए भने कोही शंकामा डुब्न थालेका छन् । किनभने उनि समाधिमा बस्ने बेला उनको निधारमा टिका थियो भने निस्कने बेला निधारमा कुनै किसिमको टिकाको दाग समेत थिएन ।
सिद्धबाबाको शक्ति र भक्तिमा विश्वास गर्ने श्रद्धालुमात्रै हैन ‘जिउँदै निस्केलान् र ?’ भन्नेहरुको भीडले आश्रम परिसरमा बिहानैदेखि खुट्टा टेक्ने ठाउँ थिएन । सिद्धबाबाले शुक्रबार बिहान ९ बजेर ३५ मिनेटमा निस्कने बताएका थिए । तर निर्धारित समयभन्दा करिब २० मिनेटपछि बाबा निस्किए । उनको अनुहारमा थकान थिएन । मुहारको कान्तिमा कुनै कमी थिएन ।
समाधिबाट उठेपछि पञ्चमृत पिए । र, केहीबेर पछि विश्राम लिन उनी भित्र पसे । भक्तजनको जयजयकारबीच बाबा शान्त र सौम्य देखिएका थिए । फरक थियो त केवल उनका अस्तव्यस्त र जिग्रिङ्ग परेका कपाल ।
बाबा समाधिमा लीन भएपछि विज्ञान र चमत्कारसँगै ढोंगी र छल शब्दले निकै चर्चा पायो । स्थानीय गनेस पौडेल र माधव पहारीले सामाजिक सञ्जालमा जोगी र ढोंगी भन्दै बाबाले ‘छल’ गरेको स्टाटस लेखे । र, उनीहरुसँगै, यो छल नै हो भन्नेको जमात पनि पोखरामा ठूलो छ ।
भारतका शक्तिपीठ र हिमाली भेगमा तपस्या गरेर ज्ञान प्राप्त गरेका रामानन्दाचार्य नेपालमा पहिलो पटक २०६५ सालको रामनवमीमा सुनसरीको चतरामा भूमि समाधि बसेका थिए । त्यसपछि उनी चर्चामा आएका हुन् । भारतमा ज्ञान प्राप्त गरे पनि उनी नेपाली हुन् । गत बडादशैंको नवरात्रीमा उनले मुक्तिनाथमा भूसमाधि बसेका थिए ।
आफ्ना नजिकका समर्थकलाई समेत थाहै नदिइ उनी मुक्तिनाथ पुगेका थिए । विज्ञानलाई नै चुनौती दिने गरी सिद्धबाबा कृष्णदास गत चैत २६ गते शुक्रबार रामघाटस्थित नरनारायण बाबा आश्रममा समाधिमा बसेका थिए । हेर्नुहोस् भिडियो
समाधीमा बस्दा
समाधीबाट बाहिर निस्कँदा

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.