Advertisements
सुन्दा अपत्यारिलो लाग्न सक्ने तर सत्य एउटा दुर्घटनामा सात फीट लामो रड टाउकोमा वार पार हुँदा पनि एउटा पजदुर बाँच्न सफल भएको छ । यो अनौठो घटना भारत मलाडको तानाजीनगरको हो जहाँ कन्स्ट्रक्शनको काम भइरहेको भइरहेको थियो । २४ बर्षीय मोहम्मद गुड्डूले सिमेन्ट मिलाउने काम गरिरहेका थिए । त्यही समयमा सिधा उनको उनि माथी चौथो तल्लाबाट एउटा रडले उनको सिरमा लाग्न गइ टाउको वारपार भयो ।

घटना पछि गुड्डुलाई अस्पतालमा मर्ना गरियो जहाँ पाँ घण्टाको सर्जरीमा डाक्टरहरुले उनलाई चमत्कारिक रुपले बचाउन सफल भए । अचम्मको कुरा यो छ कि रड टाउकोबाट वारपार हुँदापनि दिमागको मुख्य धमनीहरुलाई नोक्सान नभएको थियो । डाक्टरका अनुसार मोहम्मदको अवस्था तीन महिनामा सुधार आउने जनाएका छन् । मोहम्मदको टाउकोको दाहिने भाग क्षतिग्रस्त भएको थियो ।



यसरी भएको थियो घटना

आइतबार भारत मलाडको पश्चिमी क्षेत्रको तानाजीनगरमा एउटा कन्स्ट्रक्सन भइरहेको ठाउँमा मोहम्मद सिमेन्ट मिलाईरहेका थिए अचानक चौथो तलाबाट एउटा फलामको रड खस्दा उनको टाउकोमा ठोकिन पुगी वारपार भएको थियो । समयमै उनलाई संजीवनी अस्पताल र सियान अस्पताल लगियो जहाँ डाक्टर बटुक दियोराको नेतृत्वमा डाक्टरहरुको एउटा टीमले उनको अप्रेशन गरेको थियो ।

डा. बटुकले भने, यो साँच्चै चमत्कार हो यस्तो किसिमको दुर्घटना हुँदा पनि उक्त व्यक्ति बाँच्न सफल भए । उक्त समयमा मोहम्मद होसमै थिए किनभने रड उनको दिमागको त्यो भागबाट वारपार भएको थियो जसलाई हामी 'सेप पेसेज' (सुरक्षित मार्ग)  भन्ने गर्छौ । बिरामीको दिमाग स्तम्भ (Brainstem) लाई कुनै किसिमको नोक्सानी भएको थिएन र दिमाग सम्म रगत पुर्‍याउने धमनिहरु पनि सुरक्षित थियो ।



डा. दियोरा र उनको टीमले रड बाहिर निकाल्नको लागि मोहम्मदको खोपडी खोलेका थिए । डा. दियोरा भन्छन्, हामीले यो सुनिश्चित गरेका थियौ कि कुनै किसिमको इन्फेक्शन नहोस् । डाक्टरहरुलाई रड निकाल्न निकै समय लाग्यो किनभने अप्रेशनमा बिरामीको आँखाको ज्योति गुम्ने खतरा थियो । टीमको सदस्य डा. शैलेन्द्र भन्छन्, यो धेरै गाह्रो सर्जरी थियो । रगत कम थोरै भन्दा थोरै बग्नु हाम्रो लागि चुनौतिको बिषय थियो ।

डाक्टरको अनुसार मोहम्मदको स्वास्थ्यमा धेरै सुधार भएपनि कम्तिमा पनि दुई हप्ता अस्पतालमा रहनुपर्नेछ । बिरामी पूर्णरुपले ठिक हुनको लागि तिन महिना पुरा लाग्न सक्ने जनाइएको छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top