Advertisements
पोखरामा सरकारबाट अनुपति लिइ नयाँ विन्द्यबासिनी यातायात बसको सेवा दिन सुरु गरेको बसहरुमाथी केही हेलमेट र माक्स लगाएका व्यक्तिहरुले प्रहरीको सामुन्ने नै फुटालेका एक प्रत्यक्षदर्शीले जनाएका थिए । पछि प्रहरीले पोखरा बस व्यवसायी समितिका कोषाध्यक्ष पवित्रमणि अधिकारी र देवीप्रसाद कुइँकेल सहसचिवलाई पक्राउ पनि गरेको छ ।


कास्कीका प्रमुख जिल्ला अधिकारी हरि मैनालीका अनुसार पक्राउ परेका साँच्चीकै तोडफोड गर्ने व्यक्ति हुन् या होइनन् बुझ्ने र कानुनी कारवाहि अगाडी बढाउने जनाइएको छ ।

पोखरामा रहेका पुराना बस व्यवसायीहरुले भने पोखरामा थप बस आवश्यक छैन भन्दै नयाँलाई कुनै हालतमा चल्न नदिने बताइरहेका छन् । गण्डकी धौलागिरी सार्वजनिक यातायात समन्वय समितिका अध्यक्ष वसन्त प्रधानले पनि नयाँलाई रोक्नका लागि विभिन्न चरणका अान्दोलन समेत गर्ने प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका थिए ।






Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top