लगभग बाह्र दिन अगाडी बेगनासतालमा मृत भेटिएकी खिममाया पुनको बारेमा प्रहरीले अझै केही पत्ता लगाउन सकिरहेको छैन । खिममायाको झोला भने बेगनासतालमा तैरिरहेको अवस्थामा फेला परेको छ । जहाँ उनको शव भेटिएको थियो त्यही स्थानबाट केही पर भेटिएको थियो । प्रहरीले अनुसन्धानकै क्रममा शुक्रबार झोला फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपीले जानकारी दिएका छन् ।
झोला साँच्चीकै खिममायाकै हो होइन भन्ने पहिचान गर्नका लागि परिवारका सदस्य झोला भेटिएको स्थानमै पुगेका थिए । उनको झोलामा ९ सय ८० रुपैयाँ भएको मिनीपर्स, ट्र्याकसुट, रुमाल र घडी पनि फेला परेको थियो ।
खिममाया माग २६ गते मृत अवस्थामा फेला परेकी थिइन् । जसलाई पहिले प्रहरीले बिदेशी भनेर झुक्किएको समेत थियो । तिन दिन पछि मात्र उनको शवको पहिचान हुन सकेको थियो । आफन्तले खिममायाको हत्या भएको दाबी गरेका छन् भने हत्यामा संलग्नलाई तुरुन्तै पक्राउ गरी कारबाहीको माग आफन्तले राखेका छन् । पुनको शव अहिले पश्चिमाञ्चल क्षेत्रीय हस्पतालको शवगृहमा राखिएको छ । हेर्नुहोस् भिडियो खिममायाको झोलामा के के भेटियो त ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.