Advertisements
उपचारको नाममा भारत बिहारको समस्तीपुरमा महिलाहरुको ज्यानसँग खेलवाड गरेको एक भिडियो सबै सामु देखा परेको छ । जसमा जिल्लाकै एक इलाकामा एउटा व्यक्ति बिरामी भएका महिलाहरुको उपचार गरिरहेका छन् । थोरैमात्र गल्ती भएमा ज्यानै जानसक्ने जस्तो अवस्थामा उपचार गरिरहेका छन् ।

यो भिडियो समस्तीपुर जिल्लाको बाजितपुर बस्ने भगत (जसले उपचार गरिरहेका छन्) को हो । भिडियोमा जुन तरिकाले चक्कु र कैंचीले महिलाको पेटको अपरेशन गरेका छन्, देख्दा जो कोहिको पनि होस् नै उड्छ भने उपचारका लागि अाएकाहरुको ज्यान नै जाने जोखिम पनि उतिकै छ ।

अझ अचम्मको कुरा के छ भने यहाँ बिमारी र उनको परिवारले समेत यी व्यक्तिको उपचारलाई बिस्वास गरिरहेका छन् । उपचार गर्न सबैभन्दा बढि महिलाहरु पुग्ने गरेका छन् भने प्राय महिलाहरु बच्चा नभएका कारण पुगेका छन् ।

भिडियोमा देख्न सकिन्छ कि भगत आफ्नो झुपडीमा महिलाहरुको पेटमा सानो चिरा लगाइरहेका छन् । चिरा लगाइसकेपछि सिलाएर महिलाहरुलाई घट पठाउँछन् । सर-सफाई, सुरक्षा र अौषधी भन्ने कुरा यहाँ केही देखीदैन ।

हेर्नुहोस् तपाई पनि यो भिडियो






Watch : ये कैसा अंधविश्वास है, ढोंगी बाबा कर रहा है महिलाओं का ऑपरेशन!http://www.bhaskar.com/news-fbo/BIH-PAT-HMU-name-of-superstition-treatment-of-woman-5245002-PHO.html
Posted by Dainik Bhaskar on Wednesday, February 10, 2016


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top