Advertisements
सन् १९८४ र १९९३ पछि नेपालले २०१६ मा २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेको छ । त्यो पनि भारतलाई उसकै घरेलु मैदानमा हराएको छ । नेपालले सोमबार भएको फाइनल खेलमा नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेल सुरु हुनु अगाडी राष्ट्रिय गाना बज्न रोकिएपछि जब खेलाडीहरुले नै चर्को चर्को राष्ट्रिय गान गाएर गित पुरा गरे त्यो देख्दा जो कोही नेपालीको मन छोएको थियो होला । खेल सुरु भएपछि पहिलो हाफमा ३१अौ मिनेटमा नेपालबाट भएको फलको सट्टामा भारतले पाएको पेनाल्टी गोलमा परिणत भएको थियो ।  तर, दोस्रो हाफमा नेपाल आफ्नो जादु देखाउन थाल्यो । ६५ औं मिनेटमा प्रकाश बुढाथोकीले फ्रि किक मार्फत गरेको गोल विश्व उत्कृष्ट गोल देखिन्थ्यो जुन गोलको चारैतिर चर्चा भइरह्यो । त्यही गोलले खेल बराबरीमा पुग्यो ।

त्यसको केहि समयमा खेलको ७१ औं मिनेटमा नेपालको फुटबलको दुनियामा एएटा नयाँ नै युग ल्याउनमा ठूलो भूमिका खेलेका नवयुग श्रेष्ठले गोल गरेपछि नेपालले २-१ को अग्रता लिएको थियो । यसरी नेपाल भारतलाई २-१ ले हराउँदै २३ वर्षपछि साग फुटबलमा स्वर्ण जित्न सफल भएको छ । यसरी सफल हुँदा सम्पुर्ण नेपालीहरु खुसीले गदगद भए । सोहि कारण त्यही दिन राती पोखरामा हर्न र्‍याली समेत गरिएको थियो । यस्तै धेरै ठाउँमा खुसियाली मनाइएको थियो । नेपालमा मात्र नभइ बिदेशमा बस्ने नेपालीहरुले समेत खुसियाली मनाएका थिए । खेल भएकै राति फेसबुक सबै नेपालको फुटबलकै बिषयको स्टाटसले भरिएको थियो ।




UN मिसनमा सिरिया पुगेका नेपाल अार्मीहरु यसरी खुसियाली मनाए हेर्नुहोस् भिडियो


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top