Advertisements
भारतको ताज नगरी भनेर चिनिने आगराको रेड लाइट एरिया कश्मीरी बजारबाट बुधबार राति ५ युवतीहरुलाई छुटाइएको छ । यिनिहरु मध्ये ४ नेपाली र १ जना भारतकै कोलकताको रहेको भारतिय पत्रिकाले जनाएको छ । अचम्मको कुरा अझ के छ भने ति युवतिहरुलाई एक बर्ष अगाडी पनि छुटाएर नारी संरक्षण गृहमा पठाइएको थियो । तर नशाको लतका कारण तिनीहरु दोस्रो पटक पनि सेक्‍स रेकेटमा फँसेका थिए । यो हप्तामा मात्रै शहरको दुई ठाउँमा छापा मारेको थियो । पहिलो पटक कश्मिरि बजार र मालका बजार बाट ४ युवतिहरुलाई छुटाइएको थियो । जसलाई योङ् बनाउनको लागि इन्जेक्सन समेत दिइने गरेको कुराको खुलासा भएको थियो।

परिवारले छोरी मान्न अस्विकार
छुटाइएकी नेपालीहरु युवतिहरुका अनुसार अाफू रिहा भएपछि आफ्नो परिवार सँग गएको तर उनिहरुले आफूलाई छोरी मान्न स्विकार नगरेका कारण आफू निकै बेचैनी भएको र लागेको नशाको लतका कारण आफूहरु उक्त नशाको इजेक्सन् प्रयोगका लागि पनि दोस्रो पटक पनि कोठीमा अाएको बताएका थिए ।

युवतिहरुलाई एक बर्ष अगाडी पनि छुटाइएको थियो 
छत्‍ता पुलिस चौकीको सीओ बीएस त्यागी का अनुसार, नेपालका युवतिहरु एक बर्ष पहिला पनि छुटेका थिए । तर पहिला कोठीमा दिने नसाको इन्जेक्सनका कारण उनिहरुलाई दोस्रो पटक पनि अाउनुपरेको बताएका छन् । त्यागी भन्छन्, यो निकै गम्भिर समस्या हो । युवतिहरुलाई दिइने इन्जेक्शनको जाँच भैइरहेको छ । तिन जना संचालक र दुईजना ग्राहकलाई गिरफ्तार गरिएको छ । यो बाहेक अन्य शहरको कोठीहरुमा पनि नजर राखिएको छ ।

गुप्तकोठामा राखिएको थियो युवतिहरुलाई
सीओ का अनुसार पुलिस जब कोठीमा पुगे तब त्यहाँ संचालिका मात्रै थिइन् । त्यसपछि पुलिसले गुप्त कोठाहरु खोज्न थाल्यो । करीब अाधा घण्टापछि एउटा गुप्त कोठा भेटियो । सोहि ठाउँमा पाँच युवति र दुई ग्राहकलाई भेट्टायो र गिरफ्तार गर्न सफल भयो ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top