Advertisements
मधेसी आन्दोलनबाट अाएको चिसो सम्बन्धका भारतले सोमबार भनेको छ भारत नेपालको ठूलो दाई हो हजुरबुवा होइन । भारत जहिलेपनि आफ्नो छिमेकीहरुलाई मद्दत गर्ने र कुनै त्यस्ता समस्याहरुको कारण भने नबन्ने भारतको विदेश मन्त्री सुषमा स्वराजले बताएकी छिन्।

नयाँ संविधान लागू गर्नको लागि नेपाली राजनीतिक नेतृत्व र प्रधानमन्त्री केपी शर्मा अोलीको भुमिकाको प्रसंशा गरेकी थिइने । उनले भनिन्, "भूकम्प पछिको अप्ठ्यारो परिस्थितिमा आफ्नो परिपक्कता देखाएको मा नेपालको राजनीतिक नेतृत्वलाई बधाइ दिन चाहन्छु । यो समय संविधान बनाउने थियो र राजनीतिक नेतृत्व एकजुट भयो र यस्तो हुन सफल पनि भयो । केहि मुद्दा सामुन्ने अायो मधेसिहरुले संविधानमा आफुले सोचेको जस्तो नभएकोमा केहि बिरोध गरेका थिए । तर म नेपाली राजनीतिक नेतृत्व प्रति अाभार प्रकट गर्न चाहन्छु । जसले मधेसीहरुको माग प्रति उचित विचार गरिरहेका छन् किनभने उनिहरुले सुशिल कोइराला मार्फत दुई संशोधन पारित गरिएको छ । सुषमाले भनिन्, ओली सरकारले त्यो संशोधनलाई अझ राम्रो बनाई पारित गर्यो । अन्यथा संविधान लागू भएको यति छिटो संशोधन हुने हुँदैन । अाशा गर्छु कि अोलीले जुन राजनीतिक तन्त्र बनाएका छन् । त्यसले मधेस समुदायको बाकी चिन्ताहरुलाई दुर गरोस् ।  यो लोकतन्त्रको जीत हो कि हामीले राजनीतिक वार्ता मार्फत आफ्नो समस्याको समाधान गर्छौ ।"



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top