के तपाईले कहिले कुनै यस्तो ढुङ्गाको बारेमा सुन्नु भएको छ । जसको नजिक अागो लगाउँदा इन्टरनेटको वाइफाईको सिग्नल छोड्छ । यस्तै एउटा ढुङ्गा जर्मनीको अाउटडोर सकल्पचर्सको म्यूजियम न्यूएनकिर्चेन मा राखिएको छ । जसको नजिक अागो जलाउँदा इन्टरनेटको वाइफाईको सिग्नल देखाउन थाल्छ ।
यस्तो अनौठो कुनै शक्ति या जादुले भने भएको होइन । उक्त ढुङ्गाको भित्र एउटा थर्मो इलेक्ट्रिक जेनेरेटर लगाइएको छ । त्यही कारण जब ढुङ्गाले तातो भेट्टाउँछ त्यो तापलाई बिजुलीमा परिवर्तन हुन्छ । जब वाइफाइ राउटरले बिजुली पाउँछ तब अन हुन्छ र इन्टरनेटको सिग्नल दिन शुरु गर्दछ ।
उक्त ढुङ्गाको वजन करीब १.५ टन छ र यो आर्टवर्कलाई कीप एलाइव नाम दिइएको छ । यसलाई एरम बर्थोल नाम गरेका व्यक्तिले बनाएका हुन् । वाईफाई जेनरेटरको फोटो सोशल साइटमा समेत धेरै सेयर गरिएको थियो । कतिपयले भने यसलाई निकै अनौठो मानेका थिए । यहाँ अाउने सबै भिजिटरलाई स्वयं अाफै अागो लगाएर वाइफाई सिग्नल जेनेरेट गर्न लगाइन्छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.