Advertisements
बागलुङ देविस्थानका २२ वर्षे भीमबहादुर भण्डारी र बोहोरो गाउँ ७ सानोजिरीकी २३ वर्षे कमला घर्ती नातामा देवर भाउजु पर्छन् । २ छोराछोरीको सुनौलो भविष्यका लागि कमलाका पति वैदेशिक रोजगारमा हानिए । पति विदेशिएपछि कमला र भीमबहादुर नजिकिन थाले । गहिरो प्रेम बस्यो । गाउँमा बस्ने हैन अब भाग्नुपर्छ भनेर भीमबहादुरले कमलालाई बारम्बार आग्रह गरिरहे । ६ वर्षीय छोरी समुद्र र ३ वर्षीय छोरो मनोज छाडेर भाग्ने आँट कमलासँग थिएन ।

प्रेममा मानिस पागल हुन्छ भन्छन्, त्यस्तै भयो बुधबार साँझ । भीमबहादुरले समुद्र र मनोजलाई बुधबार साँझ छ बजेतिर घाँटी थिचेर हत्या गरे । घटना भएका बेला कमला घरमा थिइनन् । उनले हत्या मात्र गरेनन् । घरको ढोका बन्द गरी गहुँको नल राखेर आगो समेत लगाइदिए ।

अनि उनैले आगलागी भयो भन्दै गाउँमा गुहार मागे । आगो लाग्ने बित्तिकै गाउँले जम्मा भए । ठूलो आगो भएकाले गाउँलेले नियन्त्रण गर्न सकेनन् । घरगोठ जलेर नष्ट भए । जलेको घरबाट २ बच्चालाई बाहिर निकाले । जिउँदो हुने त कुरै भएन । घटनालगत्तै गाउँलेले प्रहरीलाई खबर गरे ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले भने,‘घटना भएलगत्तै खबर आएपछि हामी पुगेका हौं, घर गोठ जलेर नष्ट भइसकेको रहेछ ।’ भीमबहादुर र कमलाको सम्बन्धबारे गाउँमा गाइँगुइँ चल्नु, अनि घटनाका बेला कमला घरमा नहुनु, भीमबहादुर त्यही गाउँमा हुनुले गाउँलेले शंका गरे ।

सोही अनुसार प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिएर केरकार गर्‍यो । प्रहरी निरीक्षक पौडेलले भीमबहादुरले प्रारम्भिक बयानमा हत्या स्वीकार गरे पनि घटनामा कमलाको संलग्नता भए नभएको बारे नखुलेको बताए ।

बिहीबार दुबै जनालाई जिल्ला अदालतबाट १० दिनको लागि म्याद थपी अनुसन्धानको लागि हिरासतमा राखिएको छ ।

डेमो तस्विर


Advertisements

Recent Update

Next
This is the most recent post.
Previous
Older Post

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top