सशस्त्र प्रहरीले अाफ्नाे संगठनकाे इतिहासमा सर्वाधिक भ्रष्टचार माैलाएकाे भन्दै उपल्लाे र तल्लाे स्तरका कर्मचारीलार्इ कार्वाही गरेकाे छ । गत चार महिनाको अवधिमा सशस्त्र प्रहरीले उपरीक्षकसहित कुल २६१ जना सशस्त्र प्रहरी कर्मचारीलाई विभागिय कारवाही गरेको छ । जसमा सिनियर अधिकृत १२ जना, जुनियर अधिकृत १७ जना र विल्लादार जवान २३२ जना छन् ।
शसस्त्र प्रहरी बल मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीले यस्ताे जानकारी दिएकाे हाे ।सशस्त्र बलका प्रवक्ता शैलेन्द्र खनालका अनुसार त्याे अवधिमा कूल १ सय जनालाई बर्खास्त गरिएको छ भने १२ जनालाई घटुवा गरिएको छ । २७ जनालाई बढुवा रोक्का गरिएको समेत प्रवक्ता खनालले बताए ।
प्रवक्ता खनालका अनुसार पुस महिनामा सिनियर अधिकृत ३ जना, जुनियर अधिकृत १ जना तथा विल्लादार जवान ६२ जनालाई विभागीय कारवाही गरिएको छ । माघ महिनामा सिनियर अधिकृत ३ जना तथा जुनियर अधिकृत ५ जना र विल्लादार जवान ६५ जना गरी कुल ७३ जनालाई कारवाही गरिएको छ ।
त्यसैगरी फागुन महिनामा सिनियर अधिकृत ५ जना, जुनियर अधिकृत ३ जना तथा विल्लादार जवान ४९ जना गरी कूल ५७ जनालाई विभागिय कारवाही गरिएको छ । चैत्र महिनामा सिनियर अधिकृत १ जना, जुनियर अधिकृत ८ जना तथा विल्लादार जवान ५६ जना गरी कूल ६५ जनालाई विभागिय कारवाही गरिएको सशस्त्र प्रहरीले पत्रकार सम्मलेनमा उक्त जानकारी दिइएकाे हाे ।
पत्रकार सम्मेलनमा प्रवत्ता खनालले सशस्त्र प्रहरीमा याे बीचमा निकै भ्रष्टचार बढेर गएकाे भन्दै संगठनले भष्ट्राचारको सुन्य सहनशिलता नीति अबलम्बन गरेको बताए । खनालले अाफुहरूलार्इ अख्तियार र अदालतले गरेको निर्णय स्वीकार्य भएकाे बताए ।
स्रोत: जनपाटी

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.